युक्रेनको सैन्य प्रशिक्षण स्थलमा भएको रूसी हमलामा छ जनाको मृत्यु
किएभ। उत्तरपूर्वी युक्रेनको सैन्य प्रशिक्षण स्थलमा भएको रूसी हमलामा छ जना सैनिकको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको युक्रेनी नेसनल गार्डले बुधबार जनाएको छ।
युक्रेनको सुमीको सीमावर्ती क्षेत्रबाट युक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो भने मस्कोले यस क्षेत्र पछिल्लो समय पटक-पटक आक्रमण स्थल बनेको छ।
शिविरमा अभ्यास गदै गर्दा आक्रमण भएको नेसनल गार्डले सामाजिक सञ्जाल फेसबुक पोस्टमा सार्वजनिक गर्दै घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।
रूसको रक्षा मन्त्रालयले मंगलबार उक्त स्थानमा ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको घोषणा गरेको थियो।
अनुसन्धानको क्रममा युक्रेनी सेनाको प्रशिक्षण शिविर ‘पत्ता लगाइएको र प्राप्त निर्देशनका आधारमा ‘इस्कन्दर मिसाइल’ द्वारा आक्रमण गरिएको बताएको छ।
रूसले पनि जंगलमा रहेको प्रशिक्षण शिविरमा भएको आक्रमणलाई पुष्टि गर्ने तस्बिरहरू प्रकाशित गरेको थियो। तस्बिरमा आगोको ठुलो लप्को र जमिनबाट निकै माथि आकाशमा धुवाँको मुस्लो देखिएको छ।
घटनाको आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै सैन्य एकाईका कमान्डरलाई निलम्बन गरिएको र आवश्यक जानकारी सुरक्षा निकायमा पठाइएको युक्रेनको नेशनल गार्डले जनाएको छ।







डिसी नेपाल








Facebook Comment