बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री खतिवडा

डिसी नेपाल
१२ भदौ २०७६ १९:०२

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताएका छन्।

बिहिबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको
प्रश्नको उत्तर दिदै नेपालमा बैक मार्फत भित्रिएको पुँजीले अर्थब्यबस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताएका हुन्।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएकोले निषेध गर्न नसकिने बताए। विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताए।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *