यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु
काठमाडौं । जुम्लामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
बिहीबार दिउँसो ४ बजे चट्याङ लागेर उनको ज्यान गएको हो। जुम्ला र जाजरकोटको सिमानामा पर्ने सुब्बाकुना पाटनमा यार्सा टिप्ने क्रममै चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment