‘मिष्टर वल्र्ड २०१९’को प्रतिनिधि रायमाझी स्वदेश फिर्ता
काठमाडौं – ‘मिष्टर वल्र्ड २०१९’को नेपाल प्रतिनिधि अक्षय रायमाझी स्वदेश फर्किएका छन्। उनी बुधबार अबर राती स्वदेश फर्किएका हुन्।
६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि पर्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याएका छन्।
फिलिपिन्सको मनिलामा केही दिन पहिले सम्पन्न प्रतियोगितामा सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत नेपालको परिचान झल्कने भिडियो समेत उनले प्रस्तुत गरेका थिए। सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो।
अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभूषा सहितको काल भैरव नाँच समेत प्रतियोगितामा देखाएका थिए। उनको नाच धेरैले रुचाएको उनले बताए।
‘शीर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’ उनले खुसी हुँदै भने ‘नेपालको लागि यो पनि खुसीको कुरो हो।’ बिश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२०को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए।
अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन्। मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो। अक्षयलाई इयरपोटमा स्वागत गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत पुगेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment