डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर
फाइल फाेटाे।
काठमाडौं। डोल्पाको ठूलीभेरी नगरपालिका– ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ। पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई छ–सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ। झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment