अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !

डिसी नेपाल
११ जेठ २०८२ ११:५५
1.6k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका छन्। उनले जुन महिनादेखि युरोपेली संघमाथि ५० प्रतिशत भन्सार लगाउने कुरा पनि गरेका छन्।

डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन् , “मैले एप्पलका टिम कुकलाई पहिले नै भनिसकेको छु कि अमेरिकामा बेचिने आईफोनहरू भारत वा अन्य कुनै देशमा होइन, अमेरिकामा मात्र बनाइनुपर्छ।”

उनले भने, “यदि यसो भएन भने, एप्पलले अमेरिकालाई कम्तिमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ।”

अर्को पोस्टमा ट्रम्पले युरोपेली संघमा कर लगाउने बारेमा भने , “युरोपेली संघसँग सम्झौता गर्न धेरै गाह्रो भएको छ, जुन मूल रूपमा व्यापारमा संयुक्त राज्य अमेरिकाको फाइदा उठाउन सिर्जना गरिएको थियो।”

उनले भने, “उनीहरूको व्यापार अवरोध, भ्याट कर, अनावश्यक कर्पोरेट जरिवाना, मौद्रिक हेरफेर र अमेरिकी कम्पनीहरू विरुद्धको अनुचित मुद्दाले अमेरिकालाई हरेक वर्ष २५ करोड डलरभन्दा बढीको व्यापार घाटा भइरहेको छ, जुन पूर्णतया अस्वीकार्य छ।”

“उनीहरूसँगको हाम्रो वार्ता कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन। त्यसैले, म जुन १, २०२५ देखि युरोपेली संघमा प्रत्यक्ष ५० प्रतिशत भन्सार लगाउन सिफारिस गर्दैछु।”

यद्यपि, ट्रम्पले स्पष्ट पारेका छन् कि यदि कुनै पनि उत्पादन अमेरिकामा बनाइन्छ वा निर्माण गरिन्छ भने त्यसमा कुनै पनि शुल्क लगाइने छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *