एआइसँग कुरा गरेपछि किशोरले गरे आत्महत्या, ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सले एक किशोरलाई आत्महत्याको लागि उक्साएको आरोपमा एआइविरुद्ध मुद्दा चलाउन अमेरिकी संघीय अदालतले अनुमति दिएको छ ।
क्यारेक्टर डट एआइ नामको एआइका विकासकर्ताहरूले कम्पनीको च्याटबटहरूले ती किशोरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाइएको मुद्दा खारेज गर्न माग गरेका थिए । तर अदालतले कम्पनीको तर्क अस्वीकार गर्दै यो मुद्दा अगाडि बढाउन अनुमति दिएको छ ।
फ्लोरिडाका मृतक किशोर सेवेल सेट्जर तृतीयकी आमा मेगन गार्सियाले मुद्दा दायर गरेकी थिइन् । उनले आफ्नो १४ वर्षीय छोरा सेवेल सेट्जर तृतीय क्यारेक्टर डट एआई च्याटबोटको शिकार भएको आरोप लगाएकी छिन् ।
क्यारेक्टर डट एआईको विकार गर्ने कम्पनी क्यारेक्टर टेक्नोलोजीज विरुद्धको मुद्दामा यो कम्पनीसँगै र गुगललाई पनि प्रतिवादीको रूपमा राखिएको छ। यसले अमेरिका र बाहिरका कानुनी विज्ञहरू र एआई पर्यवेक्षकहरूको ध्यान खिचेको छ ।
आफ्नो जीवनको अन्तिम महिनाहरूमा सेट्जरले रोबोटसँग यौनजन्य कुराकानी गर्दा वास्तविकताबाट झन् झन् अलग्गिएको मुद्दामा आरोप लगाइएको छ । कुराकानीका क्रममा रोबोटले सेट्जरलाई आफूले माया गर्छु भन्यो र किशोरलाई “सकेसम्म चाँडो आफ्नो घर आउन” आग्रह गर्यो । रोबोटले बोलाएको केही क्षणपछि सेट्जरले आफैलाई गोली हाने।
आफ्नो आदेशमा अमेरिकी वरिष्ठ जिल्ला न्यायाधीश एनी कोनवेले क्यारेक्टर डट एआइ विकास गर्न मद्दत गरेका कारण गुगललाई जिम्मेवार ठहराउन मुद्दा चलाउन सकिने पनि बताइन् । प्लेटफर्मका केही संस्थापकहरूले पहिले गुगलमा एआई निर्माणमा काम गरेका थिए ।







डिसी नेपाल







Facebook Comment