एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान जारी
पोखरा। राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो।
भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्। आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।
थेबे प्यानलबाट उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन् भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment