एलन मस्कले छोडे ट्रम्प प्रशासन
काठमाडौं । अमेरिकी सरकारको आकार र खर्च घटाउनको लागि भएको अभियानको नेतृत्व गरेका एलन मस्कले ट्रम्प प्रशासन छोड्ने बताएका छन्। उनको नेतृत्वमा चलेको अभियानले हजारौं संघीय जागिरहरू कटौती गरेको थियो।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले डोगे भनेर चिनिने सरकारी दक्षता विभाग चलाउन मद्दत गर्ने अवसरको लागि ट्रम्पलाई धन्यवाद दिए।
ट्रम्प प्रशासनमा उनको भूमिका अस्थायी थियो र उनको बहिर्गमन अप्रत्याशित होइन, तर मस्कले ट्रम्पको एजेन्डाको केन्द्रबिन्दु रहेको विधेयकको आलोचना गरेको एक दिन पछि यो घोषणा आएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment