६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावासको सजाय

डिसी नेपाल
१६ जेठ २०८२ १०:३७
672
Shares

काठमाडौं । ६ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। सजाय पाउनेहरूमा ती बालिकाकी आमा, राकेल केली स्मिथ पनि पर्छिन्।

केप टाउन नजिकैको साल्दान्हा खाडीमा बस्ने जोशलिन स्मिथ आफ्नो घर बाहिरबाट रहस्यमय रूपमा बेपत्ता भएको एक वर्षभन्दा बढी समयपछि राकेल “केली” स्मिथ, उनको प्रेमी ज्याकलिन अपोलिस र उनकी साथी स्टीभेना भ्यान रिनलाई सजाय सुनाइएको हो।

फेब्रुअरी २०२४ मा बेपत्ता भएकी जोशलिन स्मिथ धेरै प्रचार र अनुसन्धानका बाबजुद पनि फेला पर्न सकेकी छैनन्।

दक्षिण अफ्रिकामा छ हप्ताको मुद्दा चलाएर तीनै जनालाई सजाय सुनाइएको थियो। यसमा, साक्षी र अभियोजकहरूले धेरै चकित पार्ने आरोप लगाएका थिए।

सजाय सुनाउँदा, न्यायाधीश नाथन इरास्मसले भने – उनले तीन जना बीच “कुनै भेदभाव गरेनन्”।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.