संसदको अवरोध हटाउने कसरतमा सभामुख, मुख्य र प्रमुख सचेतकसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यका साथ छलफल गरिएको सभामुखको सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन्।
त्यससँगै संसदको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय छन्। मुख्य प्रमुख सचेतकसँगको छलफल लगत्तै उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment