पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

डिसी नेपाल
१८ जेठ २०८२ ९:५४
824
Shares

पोखरा। गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन्।

यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन्। आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन्।

गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन्।

गत शुक्रबारदेखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पूरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउँदै आएका छन्। पोखरामा बन्दको प्रभाव परेको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *