अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठायो

डिसी नेपाल
१८ जेठ २०८२ १३:१०
272
Shares

काठमाडौं । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको ह्वाइट हाउसले शनिबार पुष्टि गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीले तेहरानमा भएको भेटघाटमा “अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू” बारे जानकारी गराएको बताए।

यो प्रस्ताव यस्तो समयमा आएको छ जब संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ कि इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियमलाई बढी मात्रामा समृद्ध बनाउन थालेको छ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने बताइन्।

उनले भने, “राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि इरानलाई कहिल्यै पनि आणविक बम बनाउन दिइने छैन।”

लेभिटले अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकफले तयार पारेको प्रस्ताव राम्रोसँग तयार र स्वीकार्य भएको पनि बताए।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् कि इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यो प्रस्तावको जवाफ दिनेछ।

हाल, यस सम्झौताको बारेमा थप जानकारी सार्वजनिक गरिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *