प्रवासमा संगठन गर्दै जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रवासको संगठन निर्माणमा जोड दिएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले प्रवासमा रहेका नेपालीहरुको संगठन निर्माण र अन्तर्राष्ट्रिय संघ, संगठनसँग सम्बन्ध विस्तारमा पार्टीको जोड रहेको बताएका छन्।
मलेसियालगायतका खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे जानकारी लिन पार्टीले त्यहाँ कार्यरत श्रमिकहरुसँग अन्तरक्रिया गर्ने र संगठित गर्ने काम गरिरहेको छ। यसै सिलसिलामा पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु हाल मलेसियामा रहेको उनले बताए।
सोक्डेम एसिया प्यासिफिक, प्रोग्रेसिव एलाइन्सलगायतका अन्तर्राष्ट्रिय संगठनको सदस्य रहेको जसपा नेपालले प्रवासी नेपाली श्रमिकहरुलाई संगठित गरी पार्टी निर्माण कार्यलाई अगाडि बढाउँदै लगेको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment