विचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट निकालेः प्रचण्ड

डिसी नेपाल
२० जेठ २०८२ १७:४५
388
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र विचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए।

उनले भने, ‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमश कदम चाल्दै अगाडि बढेकै हो। अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो। चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो। तर प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सहिए भएन, र उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए।’

यस्तै, उनले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा धेरै सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.