छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्ने
काठमाडौँ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र सङ्कल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसङ्गतिको अन्त्य गर्ने सङ्कल्पका साथ नयाँ संविधान जारी भएको बताएका छन्।
साथै अध्यक्ष विश्वकर्माले छुवाछूत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment