लन्डनमा कुरान जलाएको आरोपमा एक जना दोषी ठहर

डिसी नेपाल
२१ जेठ २०८२ १२:०५
288
Shares

काठमाडौं । लन्डनस्थित टर्की दूतावास बाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्तिमा खलल पुर्‍याएको आरोपमा दोषी ठहर गरेको छ।

१३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा कुरान जलाउने क्रममा हमित चोशकुनले इस्लाम विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए।

सोमबार, वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले उनलाई दोषी ठहर गर्‍यो र २४० पाउण्ड जरिवाना गर्‍यो। आरोप अनुसार, चोशकुनको जन्म टर्कीमा भएको थियो। उनी इङ्गल्याण्डको डर्बी शहरबाट लन्डन आएका थिए।

न्यायाधीश जोन म्याकगार्वाले चोशकुनको व्यवहार जानाजानी उत्तेजक थियो र चोशकुनको घृणा टर्कीमा उनको र उनको परिवारको अनुभवसँग जोडिएको बताए।

उनले थप भने चोशकुनका शब्दहरू धर्म (इस्लाम) विरुद्ध मात्र थिएनन् तर यसका अनुयायीहरूप्रति घृणाले भरिएका थिए।

आफ्नो सजायप्रति प्रतिक्रिया दिँदै चोशकुनले यो फैसला “अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण” भएको र यसले मानिसहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.