भिजिट भिसा प्रकरणमा प्रतिपक्षीका माग पुरा गर्न सम्भव छैनः एमाले

डिसी नेपाल
२१ जेठ २०८२ १७:१२
200
Shares

काठमाडौं। नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पुरा गर्न असम्भव रहेको बताएका छन्।

बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन्।

उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे। संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रुपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए। बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसदलाई बन्धन बनाउन नमिल्ने धारणा राखे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *