सार्वजनिक यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चकाे आदेश

डिसी नेपाल
२१ जेठ २०८२ १७:५९
320
Shares

काठमाडौं। सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यातायात व्यवसायीहरूको नाममा अल्पकालीन आदेश जारी गरेको हो।

अदालतले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवली विरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको थियो। उक्त आन्दोलनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *