अग्नि सापकोटाविरुद्धकाे अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्यो

डिसी नेपाल
२१ जेठ २०८२ १८:२७
736
Shares

काठमाडौं। सर्वोच्च अदालतले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटमा उत्प्रेषण आदेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उत्प्रेषण आदेश जारी गरेको हो। योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।

२०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई माओवादीले अपहरण पछि हत्या गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *