माधव नेपालको सांसद पद निलम्बन
काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपसहित नेपालविरुद्ध अभियोग पत्र दर्ता गरेसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारको मुद्दा दर्ता भएपछि स्वत: सांसद पद निलम्बन हुने व्यवस्था रहे अनुसार उनको पद स्वत: निलम्बनमा परेको छ।
आजै प्रतिनिधि सभा बैठक बस्ने भएकाले सभामुख देवराज घिमिरेले यस बारेमा संसदलाई जानकारी गराउने सम्भावना छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment