गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, सत्तागठबन्धनमा समस्या छैन : देउवा

डिसी नेपाल
२२ जेठ २०८२ १५:०३
40
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको तथा कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए। उनले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गरे।

कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *