अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका छन्।
आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ।
सभामुख घिमिरेले नेपालको सांसद पद निलम्बनमा परेको जानकारी अबको बैठकमा गराउने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment