संसदमा आज पनि प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

डिसी नेपाल
२२ जेठ २०८२ १७:५०
68
Shares

काठमाडौं। प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको थियो। तर सुरु हुनेवित्तिकै प्रतिपक्षी दलले अवरोध गरेका कारण सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन्।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन्।

बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *