ट्रम्प र मस्कबीचको बढ्दो द्वन्द्वले एसियाली शेयर बजारमा गिरावट
काठमाडौं । शुक्रबार एसियाली शेयर बजार खुल्दा धेरै चिनियाँ विद्युतीय सवारी साधन कम्पनीहरूको शेयरमा गिरावट आएको छ।
हङकङमा बजार खुल्ने बित्तिकै विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बीवाइडीको शेयर लगभग २ प्रतिशतले घट्यो।
त्यस्तै, नियो र ली अटो जस्ता अन्य ठूला कम्पनीहरूको शेयरमा पनि गिरावट आइरहेको छ।
यसअघि अमेरिकी शेयर बजारमा टेस्लाको शेयर १४ प्रतिशतभन्दा बढीले घटेको थियो।
टेस्लाको शेयर घट्नुको कारण कम्पनीका सीईओ एलोन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बढ्दो मतभेदलाई मानिएको छ।
यद्यपि, अर्कोतर्फ ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको फोन वार्तापछि एसियाली बजारमा थोरै वृद्धि देखिएको छ।
यसै समयमा, अष्ट्रेलिया र जापानका प्रमुख सूचकांकहरूमा वृद्धि भएको छ भने हङकङको ह्याङसेङ सूचकांकमा थोरै गिरावट आएको छ।







डिसी नेपाल








Facebook Comment