बीबीसीका पत्रकारहरू इजरायली सेनाको हिरासतमा, नाङ्गै पारेर खानतलासी
काठमाडौं । बीबीसी अरबी टोलीका केही सदस्यहरूलाई दक्षिणी सिरियामा इजरायली सेनाले हिरासतमा लिएको र उनीहरूलाई कपडा खोल्न लगाएर खानतलासी गरिएको खुलासा भएको छ । यो घटना मे ९ मा भएको बताइएको छ ।
यस क्रममा टोलीका सबै सदस्यहरूको फोन र क्यामेराहरू पनि खोसियो र उनीहरूको फोटोहरू मेटाइयो।
बीबीसीको सात सदस्यीय टोली इजरायली सेनाले डिसेम्बरदेखि कब्जा गरेको गोलान हाइट्सको सिमानामा रहेको सिरियाली क्षेत्रमा कभरेजको लागि प्रवेश गर्ने प्रयास गरिरहेको थियो।
त्यतिबेला इजरायली प्रधानमन्त्रीले पनि बशर अल-असद शासनको पतन पछि असैनिकीकृत बफर क्षेत्र र यसको छिमेकी क्षेत्रहरूको नियन्त्रण अनिश्चित कालका लागि लिने घोषणा गरेका थिए।
बीबीसी टोलीमा एक बेलायती पत्रकार, दुई इराकी बीबीसी कर्मचारी र चार सिरियाली स्वतन्त्र पत्रकार र एक बीबीसी क्यामेराम्यान थिए।
बीबीसी संवाददाता फेरास किलानीले आफूहरूलाई हिरासतमा लिँदा इजरायली सैनिकहरूले टाउकोमा बन्दुक तेर्साएको बताए।
यस सम्बन्धमा इजरायली सेनालाई पनि उजुरी गरिएको छ तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment