नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ : मन्त्री दाहाल

डिसी नेपाल
२३ जेठ २०८२ १३:५९
20
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक रहेको बताएका छन्।

डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवमा बोल्दै उनले भौतिक पूर्वाधारको विकास वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक रहेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए।

‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ। वन, जङगल संरक्षण र रक्षाको कुरा छ। विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय चुल्लोको प्रयोग बढाउनुपर्नेछ र दाउरा कटौती गर्नुपर्ने अवस्था छ। भौतिक पूर्वाधारको विकास पनि वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक हो। फोहोरमैला व्यवस्थापनको लागि राज्य, जनता सबै एक ठाउँमा हुनुपर्छ,’ उनले भने।

उनले प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने कारखानाहरुमा लगानी गर्ने लगानीकर्ताले अव अन्य व्यवसायमा लगानी गर्नुपर्ने पनि बताए।

उनले भने, ‘प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने फ्याट्रीहरुको स्थापना मान्छेले नै गरेका हुन्। आवश्यकताको आधारमा गरेका हौ। त्यसको नियन्त्रण पनि गर्न सक्छौ। प्लाष्टिकजन्य फ्याट्रीहरुको लगानी गर्नेहरु अर्को व्यवसायमा लाग्नुपर्छ।’

उनले कागज, बाँस, माटोको भाँडाको प्रयोगले प्लाष्टिकलाई विस्तापित गर्नुपर्ने बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *