संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत छौं : महेश बर्तौला

डिसी नेपाल
२३ जेठ २०८२ १६:५९
44
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन्।

भिजिट भिसा प्रकरणमा दलहरूबीच सम्वाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरि सदन स्थगित गरिएको उनले बताए। बर्तौलाले दलहरुबीच भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गर्नुभयो ।

भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने बिपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे। राज्यका संवैधानिक निकायमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनको भनाइ छ।

बर्तौलाले संवैधानिक निकायलाई स्वतन्त्र रुपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *