भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत

डिसी नेपाल
२३ जेठ २०८२ १७:३४
44
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारका विरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन्।

मुलुकमा नीतिगत, प्रकृयागत र साना तथा संस्थागत भ्रष्टाचार डरलाग्दो तरिकाले मौलाएको भन्दै बस्नेतले भ्रष्टाचार नियन्त्रणमा राज्यका निकायले जिम्मेवार ढङ्गले कार्य गर्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु भएको भन्दै मुलुकमा भ्रष्टाचारविरुद्ध प्रभावकारी नीतिको अभाव, राजनीतिक अस्थिरता, कमसल लोकतन्त्र, अक्षम प्रशासनिक संरचनाजस्ता कारणले मुलुकमा भ्रष्टाचार बढेको बस्नेतको जिकिर छ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कारबाही गर्न नपाइने भ्रष्टाचार नियन्त्रण ऐनको प्रावधानलाई सच्याउनुपर्ने भन्दै भ्रष्टाचारीलाई उन्मुक्ति नहुने र निर्दोषमाथि प्रतिशोध नसाँधिने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारबाट मुलुकलाई जोगाउन राज्यको जिम्मेवार पदमा रहेका व्यक्तित्व तथा नागरिकहरु समेत जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको उनको तर्क रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *