कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : शेखर कोइराला
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए।
नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ।
उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौ। तर हामी तीन बर्षदेखि कहा छौ ? सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुदैँ पनि करिब तीन वर्षदेखि केही भएको छैन् भनेर कसैले कसैलाई प्रश्न गर्दैन्। नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो। तर किन बन्यो भनेर प्रश्न गर्दैनौ। नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन् भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन्।’
यस्तै, उनले आफैं आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैंमा चाहीं कमजोर नभएको बताए।
उनले तल्लो तहका जिल्लाबासीहरुले आफ्ना कुराहरु स्पष्ट रुपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन्।
उनले भने, ‘काङ्ग्रेस चलाएमान भएन भनेर भन्नुहुन्छ। म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलाएमान भएको मैले कहिले पाएको थिएन्। मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरु स्पष्ट रुपले राख्नुभयो। तर हामीहरु त्यो सुन्न तयार छैनौ, नेताहरु त्यो सुन्न तयार छैन्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment