पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत : ईश्वर पोखरेल

डिसी नेपाल
२४ जेठ २०८२ १६:५४
60
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन्।

एमाले ओखलढुंगा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहिले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूवाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका हुन्।

उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताए। नागरिकको लेखापरिक्षणमा बेरुजु निस्कीए जोसुकै पनि दण्डका भागेदार हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको विपक्षमा एमाले अडिक रहेको बताए। बंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए।

पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे। उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससंगै मूल प्रतिषपर्धा हुने बताए।

उनले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.