खेल क्षेत्रलाई राज्यले अझ बढी महत्व दिनुपर्छ: प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन्।
प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाएको छ ।क्षेत्रलाई अझ बढि महत्व दिनुपर्ने छ।’
साथै उनले राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुने गरी संवेदनशील हुन जरुरी रहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment