‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

डिसी नेपाल
२७ जेठ २०८२ १६:१८
240
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन्।

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवासीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलब राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने।

उनले गैर आवासीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए।

उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए।

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *