अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा कुन देशका कति नागरिक सवार थिए ?
काठमाडौं । एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ।
एयर इन्डियाले भनेको छ – ‘विमान उडान भरेपछि दुर्घटनाग्रस्त भयो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।
यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको एयर इन्डियाले जनाएको छ। एयर इन्डियाले १८०० ५६९१ ४४४ हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।
यो हटलाइन नम्बर यस दुर्घटनासँग सम्बन्धित जानकारीको लागि मात्र जारी गरिएको हो।
अहमदाबाद प्रहरीले विमान दुर्घटना सम्बन्धी प्रहरी आपतकालीन सेवा र जानकारीको लागि अहमदाबाद शहर प्रहरी आपतकालीन नम्बर ०७९२५६२०३५९ पनि जारी गरेको छ ।







डिसी नेपाल








Facebook Comment