गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द

डिसी नेपाल
३१ जेठ २०८२ २३:०१
72
Shares

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो।

वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए। ‘वर्षे सट्टे बिदाबाट मिलान हुनेगरी सो बिदा दिइएको हो’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *