डोनाल्ड ट्रम्प जी-७ बैठक बीचमै छाडेर ह्वाइट हाउस फर्किए
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा जारी जी-७ शिखर सम्मेलन बीचैमा छोडेर वाशिंगटन फर्कदै छन् । ह्वाइट हाउसले यो जानकारी दिएको छ।
“राष्ट्रपति ट्रम्पको जी-७ मा दिन अद्भुत रह्यो, बेलायत र प्रधानमन्त्री केयर स्टारमरसँग एउटा प्रमुख व्यापार सम्झौतामा पनि हस्ताक्षर गरे,” ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एक्समा लेखिन्।
जी-७ शिखर सम्मेलनको क्रममा भएको बैठकमा ट्रम्प र केयर स्टारमरले अमेरिका र बेलायतबीचको ट्यारिफ सम्झौतामा हस्ताक्षर गरेका छन्।
“धेरै कुरा पूरा भयो तर मध्यपूर्वमा जारी तनावका कारण राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँग रात्रिभोज पछि घर फर्कनेछन्,” लेभिटले ट्रम्पको फिर्ताको घोषणा गर्दै लेखिन् ।
इजरायल र इरानबीचको द्वन्द्व तीव्र भएको छ, यसैबीच ट्रम्प सोमबार राति (क्यानडाको स्थानीय समय) जी-७ शिखर सम्मेलनको एक दिन अघि फर्कने खबर आएको छ।







डिसी नेपाल








Facebook Comment