इजरायल र इरानको विषयमा जी-७ देशहरूको साझा बयान जारी

डिसी नेपाल
३ असार २०८२ १३:०२
412
Shares

काठमाडौं । क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी-७ नेताहरूले इजरायल र इरानको अवस्थाको बारेमा एक विज्ञप्ति जारी गरेका छन्।

यसमा भनिएको छ , “हामी, जी-७ का नेताहरू मध्य पूर्वमा शान्ति र स्थायित्वप्रति हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छौं।”

जी-७ नेताहरूले भनेका छन् ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ’। जी-७ नेताहरूले जारी गरेको विज्ञप्तिमा इरानलाई ‘क्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोत’ भनिएको छ।

जी-७ नेताहरूले भने “हामीले निरन्तर भनिरहेका छौं कि इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न सक्दैन।”

“इरानी संकटको समाधानले गाजामा युद्धविराम सहित मध्य पूर्वमा युद्धको व्यापक कमि ल्याउनेछ,” विज्ञप्तिमा भनिएको छ।

जी-७ नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *