ओली भेट्न बालुवाटार किन पुगिन् विद्या?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो। ओली भेट्न भण्डारी बालुवाटार पुगेकी थिइन्।
उनीहरूबीच एक घण्टा लामो कुराकानी भएको बताइएको छ। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको भनिएको छ।
पूर्वराष्ट्रपति भण्डारीले भेटमा हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन्।
ओलीकै प्रस्तावमा भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्। तर, पछिल्लो समय उनीहरूबीचको सम्बन्ध सुमधुर छैन। तिक्ततापूर्ण सम्बन्धका बीच उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भण्डारी एमालेको भावी अध्यक्षको आकांक्षासहित राजनीतिमा सक्रिय हुन खोजीरहेकी छन्। यसप्रति ओली खुसी छैनन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment