इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

डिसी नेपाल
४ असार २०८२ ७:४२
208
Shares

काठमाडौं । इजरायलले इरानी राजधानी तेहरान नजिकैको रिफाइनरी र तेल डिपोहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरिरहेको छ। मध्येपुर्वका यी दुई मुलुकचि चलिरहेको युद्ध छैटौं दिनमा प्रवेश गरेको छ।

रोयटर्सका अनुसार इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो। रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठूलो आगो लागेको देखाएको छ।

बुधबार बिहान इरानले इजरायलतर्फ लगभग १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि तेल अभिभमा पनि विस्फोटहरू सुनिएका थिए, एक इजरायली सैन्य अधिकारीले भने, धेरैजसो मिसाइलहरू रोकिएका थिए। इजरायल र इरान दुवैले द्वन्द्व बढाउने योजना बनाएको संकेत गरेका छन्, जसका कारण लगातार पाँच दिनसम्म दुवै पक्षले क्षेप्यास्त्र हानाहान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *