उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी छन्।
उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार पाँच र छ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ। उनी जेठ ८ गते स्वदेश फर्किने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment