विश्व बैंकबाट २० अर्ब ७९ करोड बराबरको ऋण लिने सरकारको निर्णय

डिसी नेपाल
४ असार २०८२ १६:२१
80
Shares

काठमाडौं। नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

यस्तै बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपैयाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *