रेडियोग्राफी सेवाको सुदृढीकरण र व्यवस्थापन गर्न सरकारसँग माग
काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरवन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।
स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्वपूर्ण भए पनि यस क्षेत्रलाई उपेक्षा हुँदै आएको भन्दै सोसाइटीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो।
उनीहरूले रेडियोग्राफी सेवार्फत हाल कायम सरकारी दरवन्दी अन्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले बताए।
रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका आफुहरुको माग रहेको उनले बताए।
आफूहरूको माग पूरा नभए सुरुमा कालोपट्टी बाधेर काम गर्ने र त्यसपछि पनि सुनुवाई नभए आकस्मीक बाहेकका सवै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment