अष्ट्रेलियाले तेहरानस्थित आफ्नो दूतावासमा काम बन्द गर्यो
काठमाडौं । इरानमा “बिग्रँदै गएको सुरक्षा अवस्था” को कारणले गर्दा अष्ट्रेलियाले तेहरानस्थित आफ्नो दूतावासको सञ्चालन अस्थायी रूपमा निलम्बन गरेको बताएको छ ।
अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले भनिन् “वर्तमान परिस्थितिमा कन्सुलर सेवाहरू प्रदान गर्ने हाम्रो क्षमता अत्यन्तै सीमित छ। हवाई क्षेत्र बन्द नै छ।”
अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ। पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारी तैनाथ गरिएको बताइन्।
विदेशमन्त्रीले भनिन् ‘अष्ट्रेलियाली राजदूत हाल तेहरानमा नै रहनेछन्।’ इरानमा रहेका कम्तीमा १,५०० अस्ट्रेलियाली नागरिक र उनीहरूका परिवारले देश छोड्न मद्दत खोजेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment