सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

डिसी नेपाल
६ असार २०८२ १३:५५
128
Shares

काठमाडौं । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार गएराति राहत सामग्री वितरण केन्द्रहरू नजिक इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

गाजाका अधिकारीहरूले राहत सामग्रीको पर्खाइमा रहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिने गरेको बताएका छन्।

इजरायली सेनाले हालैको घटनाबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन। यसअघि इजरायली सेनाले चेतावनी स्वरूप मात्र गोली चलाउने बताएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत महिनाको अन्त्यदेखि राहत सामग्री सङ्कलन गर्ने क्रममा ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *