सत्तापक्षले हाम्रो आवाज सुनेन, हामी पनि उनीहरूका कुरा सुन्दैनौं : मनिष झा

डिसी नेपाल
८ असार २०८२ १६:५५
52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरूले सदन बहिष्कार गरेको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरूले अन्य सवै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफूहरूले बैठक बहिष्कार गरेको बताएका हुन्।

सत्तापक्षले रास्वपाले उठाएका विषयलाई नसुनेसम्म उनीहरूको कुरा नसुन्ने उनको भनाइ छ। उनले सरकारले दुई तिहाईको दम्भ देखाउदै लुटेर राज्य चलाई रहन्छौं भन्ने किसिमको जवाफ दिइ राखेको उल्लेख गरे।

उनले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *