पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार : सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा

डिसी नेपाल
८ असार २०८२ १८:३१
448
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

१० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमिक्त उपनिर्देशक एवं हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी र लेखा अधिकृत चन्द्रप्रसाद खनाल छन्।

यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, इलेक्ट्रिकल विभागका प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्रेनर्स प्रालि काठमाडौं तथा सञ्चालक मनोजप पुरी र यदुनन्दन भट्टराई, एपल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालि र सोका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ।

पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *