दुर्गेशको गीतले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीले दिए बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई उनको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ ले १० करोड भ्युज पाएकोमा बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिएका हुन्।
‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई,’ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment