इजरायली आक्रमणमा ९ जनाको मृत्यु भएको इरानको दाबी

डिसी नेपाल
१० असार २०८२ १४:२०
608
Shares

काठमाडौं । इरानको उत्तरी क्षेत्रमा मंगलबार बिहान भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार घर ध्वस्त भएको इरानका स्थानीय अधिकारीहरूले बताएका छन्।

इरानको गिलान प्रान्तको गभर्नरको कार्यालयले अस्तानेह-ये अशरफियाह शहरमा भएको आक्रमणमा ३३ जना घाइते भएको र यसलाई “आतंकवादी” आक्रमणको संज्ञा दिएको छ।

इरानी मिडिया रिपोर्टका अनुसार आक्रमणको पछाडि इजरायलको हात छ। गिलानका उप-गभर्नरले मारिएका वा घाइते हुनेहरूमा १६ महिला र बालबालिका रहेको बताएका छन्।

केही मिडिया रिपोर्टहरूका अनुसार, “मर्नेहरूमा आणविक वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन्। इजरायली सेनाले रातमा एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको पनि उल्लेख गरेको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *