नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरि सचिवालय बैठक आह्वान गरेको हो।
समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिलगायत एजेन्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा दर्ता गरेको भ्रष्टाचारको मुद्दासम्बन्धमा पनि छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment