धनुषामा राष्ट्रिय धान दिवस मनाइयो, आयात रोक्नुपर्नेमा जोड

डिसी नेपाल
१५ असार २०८२ १५:५३
28
Shares

जनकपुर । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरर्ता नाराका साथ धनुषामा २२औं राष्ट्रिय धान दिवस मनाइएको छ।

धनुषाको रम्दैयास्थि राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रमा धान रोप्नुका साथै हिलो खेलेर रष्ट्रिय धान दिवस मनाइएको छ।

सो क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्यालले नेपालले धान निर्यात गर्न नसके पनि कम्तिमा आयात गर्नुनपरोस भन्ने किसिमले उत्पादनमा जोड दिन आवश्यक रहेको बताए।
अर्यालले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रजिअ अर्यालले किसानलाई स्वेदशी बिउ प्रयोग गर्न सुझाव दिए। विदेशी बिउले उचित उत्पादन दिन नसक्ने भएकाले उनले स्वदेशी बिउलाई नै प्रयोग गर्न किसानहरुलाई आग्रह गरे। उनले किसानहरुमा जनचेतना फैलाउन पनि आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रका संयोजक मथुरा यादवले चैते धानको खेती गर्नसके धानको माग देशभित्रै पूरा गर्न सकिने जानकारी दिए। उनले कृषि उत्पादनमा धानले १५ प्रतिशत योगदान गरिरहेको र कुलग्राहस्तमा ५ प्रतिशत योगदान रहेको जानकारी गराएका थिए।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान धनुषाका प्रमुख तिलक शर्मा प्रसाई, किलिनिका धनुषाका नवराज नेपाल, धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्कालगायत अन्य पदाधिकारीसहित स्थानीय किसान र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.